भदौ ११ २०८३, बिहिबार

रसुवाको बाढीमा १८ जनाको मृत्यु, खोज तथा उद्धार जारी

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो ३ः४५ बजेसम्म १८ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृतकमध्ये रसुवामा एक पुरुष, नुवाकोटमा तीन महिला र चार पुरुष गरी सात जना, धादिङमा तीन महिला, दुई पुरुष र एक जना पहिचान नखुलेका गरी छ जना तथा गोरखामा दुई पुरुष र दुई जना पहिचान नखुलेका गरी चार जनाको शव फेला परेको छ।

बाढीबाट प्रभावित तथा जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ। विभिन्न निकाय र स्थानीयवासीको समन्वयमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

यस्तै, बाढीका कारण विभिन्न स्थानमा अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको छ। प्रहरीले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन तथा आवश्यकताअनुसार सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार