माघ २६ २०८१, शनिबार

कञ्चनजंघा सहकारीको केन्द्रस्तरीय साधारणसभा सम्पन्न (भिडियो सहित)

झापा: कञ्चनजंघा सहकारी संस्था लिमिटेड दमकले गौरादह सेवा केन्द्रस्तरीय साधारणसभा सम्पन्न गरेको छ ।
Ads

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्  

संस्था अध्यक्ष मणि कुमार भण्डारीले  अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै २४ सौं साधारणसभा आयोजना गरेको हो । प्रधान कार्यालय दमकमा रहेको यस संस्था मातहतमा डुडामारी, कनकाई, पथरीशनिश्चरे, मिक्लाजुङ्ग, उर्लाबारी र गौरादह गरि ६ वटा सेवा कार्यालयहरु रहेका छन् । ६ वटा सेवा कार्यालय मध्ये गौरादहमा आज आयोजित सेवाकेन्द्र स्तरीय अन्तिम साधारणसभा हो । 
आगामी भाद्र २९ गते प्रधानकार्यालय दमकमा संस्थाको २४ औं साधारणसभा सम्पन्न हुँदैछ । 

Ads

अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भण्डारीले संस्थाका गतिविधि र आगामी कार्यक्रमहरु तथा २४ औं साधारणसभामा प्रस्तुत गरिने प्रस्तावित कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी गराएका थिए । 

 २४ औं वर्षमा आईपुग्दा यस संस्थामा ३२८८ जना सदस्यहरु आबद्ध रही कुल शेयर रकम रु ६ करोड ५१ लाख ७५ हजार, निक्षेप रु ५३ करोड ७४ लाख ३४ हजार ८९, जगेडा कोषमा रु ४ करोड ७८ लाख ४४ हजार ३ सय ९५ र कर्जा लगानी रु ६३ करोड १० लाख ७० हजार ३ सय २२ को प्रतिवेदनमा उल्लेख छ । 

Ads

गौरादह १ स्थित पञ्चेश्वर शिवालयको सभाहलमा आयोजित कार्यक्रममा संस्थाका सञ्चालक समिति, गौरादह सेवा कार्यालय आवद्ध कार्यसमिति, शेयर सदस्यहरु, संस्था आवद्ध कर्मचारी लगायतको उपस्थिति रहेको थियो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित समाचार