सहकारीको रकम अपचलन गरी विदेश फरार भएकाहरुको खोजबिन गर्न गृहलाई समितिको निर्देशन
हिजो बसेको समिति बैठकले विदेशमा फरार रहेका गितेन्द्रबाबु राई (जिबी राई), भरत महर्जनसहितका २८ जनाको खोजबिनमा आवश्यक जनशक्ति परिचालन गरी अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको हो ।
विदेशमा फरार भएकाहरुको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा अविलम्व उपलब्ध गराउन बैठकले निर्देशन दिएको समितिका सभापति सूर्य थापाले जानकारी दिनुभयो । समितिले सहकारीको रकम अपचलन गर्ने अभियुक्तलाई बयानको दायरामा ल्याउने प्रयास गरिरहँदा गृह मन्त्रालयले सहकारीको रकम दुरुपयोग गरेर विदेश भागेका अभियुक्त ल्याउन सकेको छैन ।
यसबारे समितिले हिजो गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर र प्रहरी नायब महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेको छ ।
छलफलमा गृहमन्त्री लेखकले समितिको निर्देशनअनुसार सहकारी रकम अपचलनमा संलग्न व्यक्तिलाई विदेशबाट नेपाल ल्याउन पहल भएको बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले पनि समितिको निर्देशनअनुसार सहकारी ठगीमा संलग्न अभियुक्तलाई स्वदेश फर्काएर अनुसन्धान गर्ने पहल भइरहेको बताउनुभएको थियो ।
प्रतिक्रिया