भदौ ०९ २०८३, मंगलबार

नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा अपराजित रहँदै फाइनलमा

पुलिसले लिग चरणको आफ्नो अन्तिम खेलमा हिजो माल्दिभ्सको घरेलु टोली पुलिस क्लबलाई ३–१ को सेटमा हरायो ।

 

पहिलो सेट २५–१२ र दोस्रो सेट २५–२१ ले जितेको पुलिसले तेस्रो सेट २१–२५ ले गुमायो । तर चौथो सेट २५–२१ ले जित्यो । पुलिसको पाँच खेलमा १४ अङ्क छ । नेपाल पुलिस एक खेल अगावै यसअघि नै फाइनलमा पुगेको थियो । फाइनल खेल आज हुनेछ । आज हुने फाइनल खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबसँग खेल्ने छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार