माघ २६ २०८१, शनिबार

सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

१३ साउन, काठमाडौं ।
Ads

मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दा कारोबार २० मिनेट स्थगित भयो ।

२० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा कायम भएको छ । दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

Ads

गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा लिन पाउने कर्जाको २० करोडको सीमा हटाएको छ । जसले गर्दा ठूला संस्थागत लगानीकर्तालाई ठूलो रकम ऋण लगानीका लागि बाटो खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार