ठूला उद्योगीले बिजुलीको बक्यौता नतिर्दा सर्वसाधारणले पनि महसुल तिर्न छाडे: कुलमान घिसिङ
काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला उद्योगीहरूले ट्रंक र डेडिकेटेड फिडरमार्फत बिजुलीको बक्यौता महसुल तिर्न नमान्दा सर्वसाधारणले पनि बिजुलीको महसुल तिर्ने प्रवृत्ति घटेको बताएका छन्। घिसिङका अनुसार, ठूला उद्योगीहरूको बक्यौता नउठ्दा प्राधिकरणको वित्तीय अवस्था कमजोर बन्दै गएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, "महिनामा १०-११ अर्ब उठ्नुपर्ने रकम घटेर अहिले ८-९ अर्बमा सीमित भएको छ। यसरी ठूलो उद्योगीले नतिर्ने तर सर्वसाधारणले मात्रै तिर्नुपर्ने भन्ने भावना बढ्न थालेपछि सर्वसाधारणले पनि बिल तिर्ने इच्छाशक्ति गुमाउँदै गएका छन्।"
७ वर्षअघिको बक्यौता अझै नउठेको बताउँदै घिसिङले अहिले मासिक २-३ अर्बको राजस्व घाटा हुन थालेकोले प्राधिकरणको स्थिति जटिल बनेको बताए।
प्रतिक्रिया