सार्वभौम साख मूल्याङ्कनमा नेपालले सन्तोषजनक नतिजा पायो
अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच क्रेडिट रेटिङ’ ले नेपाललाई ‘बीबी माइनस’ रेटिङ ग्रेड प्रदान गरेको हो । यो नतिजा भारतको भन्दा दुई स्थान तल तर दक्षिण एशियाका अरु देशहरुभन्दा राम्रो हो ।
अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ‘फिच’ ले नेपालमा विदेशी मुद्रा सञ्चिति बलियो अवस्थामा रहेको, आर्थिक गतिविधि चलायमान बन्ने सङ्केत देखिएकाले आर्थिक वृद्धिदरमा सकारात्मक वृद्धि हुने अनुमानका आधारमा रेटिङ प्रदान गरेको हो ।
नेपालमा राजनीतिक स्थिरता र विकास आयोजनाहरु कार्यान्वयनमा सहजता भए आर्थिक सुधार हुने ‘फिच’ को प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले नेपालको सार्वजनिक वित्त व्यवस्थापन कमजोर अवस्थामा र बजेट विनियोजन प्रभावकारी नभएको देखाएको छ ।
राजनीतिक अस्थिरताले विकास परियोजना कार्यान्वयन प्रभावकारी नहुँदा मध्यमकालीन आर्थिक वृद्धिको परिदृष्य कमजोर रहेको पनि उल्लेख छ । नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) का लागि फिच क्रेडिट रेटिङ कम्पनीको टोली गएको भदौमा नेपाल आएको थियो ।
प्रतिक्रिया