माघ ०४ २०८१, शुक्रबार

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको हो ।
Ads

 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा रहेको सिफारिस समितिले अस्ति सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा.नवराज अधिकारीको नाम सिफारिश गरेको थियो । श्रेष्ठ पेट्रोल पम्प व्यवसायी हुनुहुन्छ । उहाँ यअसघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य पनि हुनुहुन्थ्यो ।

Ads

गएको वर्ष रमेशकुमार हमालको पदावधि सकिएपछि रिक्त रहेको पदमा पदपूर्ति नहुँदा शेयर निस्कासनको अनुमति तथा दीर्घकालिन योजानाका काम प्रभावित हुँदै आएका छन् । धितोपत्र बोर्डको अध्यक्ष निकै शक्तिशाली मानिन्छ । यसमा अर्बौँ रुपैयाँको खेल भएको माओवादी केन्द्रले आरोप लगाउँदै आएको छ ।

माओवादीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले त धितोपत्र बोर्डकै अध्यक्ष नियुक्तीलाई लिएर सरकार ढालेको आरोपसमेत लगाउँदै आउनुभएको छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार