माघ २६ २०८१, शनिबार

सारथी युवा क्लबको आयोजनामा गौरादहमा ३०३ औं पृथ्वी जयन्ती विशेष कार्यक्रम सम्पन्न

Ads


गौरादह नगरपालिकास्थित डिपुचोकमा पृथ्वी जयन्तीको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ। सारथि युवा क्लबको आयोजनामा भएको यस कार्यक्रममा युवाहरूको उत्साहजनक उपस्थिति देखिएको थियो। नेपालका एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहको योगदानलाई सम्झिंदै यस कार्यक्रमले स्थानीय स्तरमा राष्ट्रिय एकताको भावना प्रबर्द्धन गरेको छ।

Ads


कार्यक्रममा नेपाल राष्ट्रको नक्शा बनाएर दीप प्रज्वलन गरियो, जसले देशप्रतिको सम्मान र समर्पणको भावना झल्कायो।

कार्यक्रममा प्रमुख अतिथिहरूका रूपमा सहभागी भएका पूर्व क्याम्पस प्रमुख गोपाल प्रसाद काफ्ले र भोजराज दाहालले पृथ्वीनारायण शाहको दूरदर्शी सोच र एकीकरणको महत्वबारे चर्चा गरे।

Ads

 

पुर्व क्याम्पस प्रमुख गोपाल प्रसाद काफ्लेले भने, 'नेपालको एकता र स्वतन्त्रताको जग पृथ्वीनारायण शाहले राखेका थिए। उहाँको आदर्शलाई हामी सबैले आत्मसात गर्नुपर्छ।'

पुर्व क्याम्पस प्रमुख भोजराज दाहालले युवाहरूलाई राष्ट्रप्रेम र विकासमा सक्रिय हुन प्रेरित गरे।

कार्यक्रमको सञ्चालन ई. भानु आचार्यले गरेका थिए। उनले युवाहरूलाई यस किसिमका कार्यक्रममार्फत आफ्नो क्षमताको प्रदर्शन गर्न प्रोत्साहन गरे।
कार्यक्रममा स्वस्फूर्त रूपमा उपस्थित भएका युवाहरूले दीप प्रज्वलन, नक्शा निर्माण, र राष्ट्रिय गानको गायन जस्ता गतिविधिमा सक्रिय भूमिका निर्वाह गरे।


सारथि युवा क्लबका अध्यक्ष गोविन्द कँडेलले भने, "पृथ्वी जयन्तीले हामीलाई हाम्रो इतिहास र पहिचानप्रति गर्व गर्न सिकाउँछ। यसले नयाँ पुस्तालाई देशको भविष्य निर्माणका लागि प्रेरित गर्दछ।"


यस कार्यक्रमले गौरादह नगरपालिकामा राष्ट्रिय चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। स्थानीय जनसमुदाय र युवाहरूको सहभागिताले यो कार्यक्रमलाई सफल बनाएको आयोजकले बताएका छन्।

यस वर्षको पृथ्वी जयन्तीले गौरादहमा राष्ट्रिय एकता र ऐतिहासिक योगदानको स्मरणमात्र गरेको छैन, युवाहरूलाई राष्ट्रिय अभियानमा संलग्न गराउने उदाहरणीय प्रयास पनि देखाएको छ। सारथि युवा क्लबको यो प्रयास अन्य स्थानहरूमा पनि अनुकरणीय बन्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार