वैशाख ०८ २०८२, सोमबार

गौरादहमा ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन (GEEP)’ कार्यक्रम सुरु

Ads

 

गौरादह । युवाहरूलाई आत्मनिर्भर बनाउने तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालय, गौरादह नगरपालिका, र दायित्व संस्थाको सहकार्यमा ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन (GEEP)’ कार्यक्रम सुरु भएको छ।

Ads

गौरादह नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख छत्रपति सुबेदी रहेका थिए भने कार्यक्रमका विशिष्ट अतिथिहरूमा उपमेयर जलबर्षा राजबंशी र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुबेदी थिए।

कार्यक्रमका प्रमुख संयोजक भविन्द्र विश्वकर्माले कोशी प्रदेशस्तरमा यस्तो कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताउँदै गौरादहका युवाहरू र महिलाहरूलाई उद्यमशील बनाउन यस योजनाले महत्वपूर्ण योगदान दिने उल्लेख गरे।

Ads

योजना र अनुदान सुविधा

दायित्व संस्थाको सहकार्यमा सञ्चालन गरिएको यो कार्यक्रम विशेष गरी युवा तथा महिलाहरूलाई लक्षित गरिएको छ। कार्यक्रम अन्तर्गत ५०% साझेदारीमा अनुदान प्रदान गरिने व्यवस्था गरिएको छ। इच्छुक सहभागीहरूले आवेदन फारम सोमबारदेखि प्राप्त गर्न सक्नेछन् भने चैत्र मसान्तभित्र फारम बुझाइसक्नुपर्ने बताइएको छ।

कार्यक्रमको औपचारिक सुरुवात गर्दै प्रमुख अतिथि नगर प्रमुख छत्रपति सुबेदीले भने,
"स्थानीय तहमा रोजगारी सिर्जना गर्न र आत्मनिर्भर युवाहरू उत्पादन गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण छन्। नगरपालिकाले आगामी दिनमा पनि यस्ता उत्पादनमूलक कार्यक्रमलाई प्राथमिकता दिनेछ।"

कार्यक्रमका स्वागत मन्तव्य पुष्प भण्डारीले दिएका थिए भने कार्यक्रमको सञ्चालन अस्मिता बुढाथोकीले गरेकी थिइन्।

स्थानीय तहबाट ऐतिहासिक पहल

गौरादह नगरपालिकाले स्थानीयस्तरमै उद्यमशीलता प्रवर्द्धन गर्ने र आर्थिक रूपमा सक्षम बनाउने लक्ष्यसहित यो कार्यक्रम सुरु गरेको हो। यस प्रकारका योजनाहरूले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्न प्रेरित गर्ने तथा महिलाहरूलाई आत्मनिर्भर बन्ने अवसर दिने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार