श्रावण २९ २०८३, शुक्रबार

दार्चुलाको तिङ्करमा स्थानीय ६ महिनापछि गाउँ फर्किए

 

दार्चुला — जाडो छल्न मङ्सिरमा खलङ्गा झरेका तिङ्कर गाउँका ७० परिवार वैशाख अन्तिम साता गाउँ फर्किएका छन्। ३,३०० मिटर उचाइमा रहेको गाउँमा हिउँदमा ६ फिटसम्म हिउँ पर्ने भएकाले वर्षको आधा समय गाउँ सुनसान हुने गर्दछ।

नेपालतर्फको गोरेटो बाटो जीर्ण हुँदा स्थानीयहरू भारतको बाटो भएर मात्र गाउँ पुग्ने गरेका छन्। बाटो निर्माणका लागि बजेट आए पनि ढिलाइ र निगरानी अभावले काम अघि बढ्न सकेको छैन।

May be an image of text

स्वास्थ्य सेवा, सञ्चार, तथा पूर्वाधार अभावका कारण यहाँका बासिन्दा सामान्य उपचारका लागि पनि भारत जान बाध्य छन्।

तिङ्करको प्राकृतिक सौन्दर्य, सौका समुदायको जीवनशैली र परम्परागत संस्कृति यहाँको विशेषता हुन्। हाल सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि सीमित समयका लागि तिङ्करमा खटिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार