असार १५ २०८३, सोमबार

“सुवेदीको गुनासो : नगरवासीका लागि काम गर्दा निजी सम्पत्ति सखाप”

Ads

 

गौरादह, २५ भदौ –  जेन-जी आन्दोलनका क्रममा निहत्था विद्यार्थीमाथि प्रहरीले गोली चलाउँदा ज्यान गुमाएका घटनाप्रति नगरप्रमुख छत्रपति सुवेदीले गहिरो दुःख व्यक्त गरेका छन्। उनले निर्दोष युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सोकसन्तप्त परिवारलाई संवेदना प्रकट गरेका छन्।

Ads

सुवेदीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले भने, “नगरपालिकाको भवन, गाडी, टिप्पर गौरादहबासीकै सम्पत्ति हो। मैले कसैसँग कमिसन वा घुस मागेको छैन, बरु नगरवासीको स्वास्थ्य, शिक्षा, सडक, खानेपानी र कृषि क्षेत्रमा तीव्रता दिएको थिएँ।”

सुवेदीले आफ्नो घर ध्वस्त पारिएको घटनाप्रति आक्रोश व्यक्त गर्दै त्यस घर बनाउन वहाँले विभिन्न बैंक तथा सहकारी संस्थाबाट ऋण लिएको जानकारी दिएका छन्। उनले सिद्धार्थ बैंकबाट ४९ लाख, चप्रामारी बचत सहकारीबाट १६ लाख, कोहबरासाना किसान सहकारीबाट ८ लाख, र भक्तपुरको गठ्ठाघर एकता सहकारीबाट ४० लाख ऋण लिएको बताए। “अब मेरो बैंक लोन र सहकारीको लोन कसले बुझाउने ? यही प्रश्नले मलाई पोलिरहेको छ,” सुवेदीको प्रश्न छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार