आश्विन २८ २०८२, मंगलबार

देशभर सामान्य मौसम, कोशीका केही स्थानमा हल्का वर्षाको सम्भावना

Ads

काठमाडौं । देशभर अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मुख्यतया सफा मौसम रहनेछ। कोशी प्रदेशका पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Ads

आज राति देशभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार