वैशाख ३१ २०८३, बिहिबार

देशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव, पहाडमा आंशिक बदली

Ads

काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा हाल पश्चिमी वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, बाँकी भूभागमा मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव जारी रहेको छ।

महाशाखाका अनुसार, उक्त वायु प्रणालीको प्रभावले देशका अधिकांश पहाडी क्षेत्रहरूमा आंशिक बदली रही तराईका धेरैजसो स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

Ads

आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना समेत रहेको मौसमविद्हरूले बताएका छन्।

आज राति पनि कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने देशका अन्य स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार