चैत्र १३ २०८१, बुधवार

साधारणसभा विषेश: नयाँ भिजन सहित यसरी अगाडि बढ्दैछ डाँफे pardaphas.com

झापा: डाँफे सहकारी संस्था लिमिटेड दमकले ब्याजदरमा परिवर्तन गर्ने भएको छ । संस्थाको १७ औं साधारणसभा परिवर्तित व्याजदरको प्रस्ताव गरिएको हो ।  प्रस्तावित व्याजदर अनुसार कर्जालाई ३ प्रकारमा विभाजन गरिएको छ । जसअनुसार कृषि कर्जा र व्यापार व्यवसायलाई उत्पादनमूलक क्षेत्र र व्यक्तिगत कर्जालाई अनुत्पादकमूलक क्षेत्र तोकिएको छ । उत्पादनमूलक क्षेत्र तोकिएको कृषि कर्जालाई मासिक किस्तामा १३ प्रतिशत, त्रैमासिक किस्तामा १४ प्रतिशत तथा अधिकतम अवधि ४ वर्ष प्रस्ताव गरिएको छ ।
Ads

 

 

Ads

सान नेपाल 

त्यस्तै उत्पादनमूलक क्षेत्र अन्तर्गत व्यापार व्यवसायलाई एकवर्षे मासिक किस्तामा साढे १३ प्रतिशत, १ देखि ४ वर्षे कर्जाको मासिक किस्तामा १४ प्रतिशत र ४ वर्ष भन्दा लामो कर्जाको मासिक किस्तामा साढे १४ प्रतिशत प्रस्ताव गरिएको छ भने अनुत्पादक क्षेत्र अन्तर्गत राखिएको व्यक्तिगत कर्जामा १ वर्षे अवधिमा १४ प्रतिशत, १ वर्ष भन्दा बढी र ४ वर्ष  लामो अवधिको लागि साढे १४ प्रतिशत तथा ४ वर्ष अवधि भन्दा लामो कर्जामा १५ प्रतिशत प्रस्ताव गरिएको छ । 

Ads

संस्थाको १७ वार्षिक साधारणसभा अन्तर्गत आज शनिबार गौरादह सेवा केन्द्रको साधारणसभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्था अध्यक्ष तुलाराम न्यौपानेले उक्त कुराको जानकारी गराउनु भएको हो । 

प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष न्यौपानेले डाँफे सहकारी अन्य सहकारी भन्दा फरक र दीर्घकालीन सोचले अगाडि बढ्दै गएको बताउनु भयो । कतिपय सहकारीहरुले समय अनुकुल निति निर्माण गर्न नसक्दा धरासायी हुनुपरेको बताउदै वहाँले कमजोर व्यवस्थापनका कारण कतिपय सहकारीहरु लथालिङ्ग हुँदै गएको टिप्पणी गर्नुभयो । 

'हामीले अहिले झण्डै ८४ करोडको हाराहारीमा पुगेका छौँ । अर्को वर्ष १ करोडको योजना सहित अगाडि बढेका छौँ ।', अध्यक्ष न्यौपानेको भनाइ रहेको थियो । 

डाँफे सहकारी संस्था २०६४ साल असार २० मा डिभिजन सहकारी कार्यालय इनरुवामा विधिवत रूपमा दर्ता भइ २०६४ श्रावण १ बाट आफ्नो वित्तीय कारोबार गर्दै आएको संस्था हो । यस संस्थाको प्रधान कार्यालय दमकमा रहेको छ भने सुरुङ्गा, बुद्धशान्ति, गौरादह, धरमपुर, विर्तामोड, उर्लाबारी गरि ६ वटा सेवा केन्द्रहरु सञ्चालनमा छन् । 

 

 

के के छन् सदस्यहरुलाई प्रदान गरिने सुविधाहरु?

-स्वेच्छिक तथा खुल्ला सदस्यता ।

-महिला सदस्यलाई प्रवेश शुल्क निःशुल्क ।

-पुरुष सदस्यलाई न्यूनतम शुल्क रु.५१ मात्र प्रवेश शुल्क ।

-बचत धितो ऋणमा सेवा शुल्क निःशुल्क ।

-प्रत्येक वर्ष अवलोकन भ्रमण ।

- ग्रीन कार्डको व्यवस्था ।

-दोश्रो पटक देखी ऋण कारोवार गर्दा ऋण सुरक्षण शुल्कमा ५० प्रतिशत छुट ।

-सम्पूर्ण सदस्यहरुलाई बीमा बचत कार्यक्रममा सहभागी गराउने ।

-राहात कोषको व्यवस्था क) मृत्यु राहात, ख) प्राणघातक उपचार राहत ग) अग्नी

-पीडीत राहात, घ) वाडी पिडित राहात ।

-सल्यक्रिया खर्चको व्यवस्था ।

-शैक्षिक अक्षयकोषद्वारा कक्षा १ देखी कक्षा १२ सम्म प्रति वर्ष २ जनालाई शैक्षिक अभिभावकत्व ग्रहण ।

-एकल महिलालाई राहतकोषमा ५० प्रतिशत छुटको व्यवस्था ।

-दिर्घकालिन पेन्सन बचत योजना ।

-सर्वोत्कृष्ठ सेवा तथा सुरक्षा छनौट ACCESS कार्यक्रममा सहभागीता ।

-झापा जिल्ला भरी विभिन्न सेवा केन्द्रहरुद्वारा सेवाप्रदान ।

-संस्थाको आफ्‌नै सुविधा सम्पन्न भवन ।

-घर-दैलो सेवा कार्यक्रम ।

-सरल र सुलभ प्रक्रियाद्वारा विभिन्न शीर्षकमा ऋण प्रवाह ।

 

के हो ग्रीन कार्ड?

यस संस्थाले शेयरधनीहरुकालागी ग्रीन कार्डको व्यवस्था गरेको छ । नियमित किस्ता बुझाउने असल र नियमित सदस्यहरुलाई ग्रीन कार्ड प्रदान गर्ने गरेको हो । आव ०८०/०८१ सम्म आइपुदा ग्रीन कार्ड नविकरण  गर्ने सदस्यको संख्या ४४ पुगेको छ भने ७ वटै सेवा केन्द्रमा रहेका असल ऋणीको संख्या ६० रहेको प्रतिवेदनमा उल्लेख छ  । 

 

यस्ता छन् बचतका प्रकारहरु

 

-नियमित (मासिक/अनिवार्य) बचत

-साधारण बचत

-नारी बचत

-डाँफे सामुदायिक बचत

-विशेष बचत

-जेष्ठ नागरिक बचत

-बाल बचत (२ वर्ष भन्दा कम उमेरका बच्चाको खाता खोल्दा रु १५१। बाल बचत खातामा जम्मा गरिदिइने व्यवस्था रहेको छ ।)

-आवधिक बचत

-क्रमिक बचत

-पेन्सन बचत

-तीज बचत (तीज बचत खाता खोल्दा संस्थाले रु ५००।- बचत खातामा जम्मा गरिदिने व्यवस्था रहेको छ ।

 

डाँफे सहकारीबाट कस्तो कर्जा पाइन्छ?  

-सापटी ऋण

-व्यवसाय विषेश ऋण

-स्वरोजगारमूलक ऋण

-साना तथा घरेलु उद्योग ऋण

-कृषि ऋण

-व्यक्तिगत ऋण

 

 

यो पनि पढ्नुहोस् 

 

डाँफे सामुदायिक सहकारीको साधारणसभा 

जेबि खड्का 

गौरादह/डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०८०/०८१ मा ९ कराेड ५१ लाख ८ हजार ८ सय २४ रुपैयाँ कुल आम्दानी गरेकाे छ। गत आर्थिक बर्षमा ८३ कराेड ५९ लाख ७८ हजार ९ सय ७३ कुल काराेवार गरेकाे संस्थाले १ कराेड २ लाख ८७ हजार ८ सय ६७ कुल नाफा गरेकाे छ। संस्थाकाे १७ औं बार्षिक साधारणसभाकाे गौरादह सेवाकेन्द्रमा ईकाइगत साधारणसभालाई सम्बाेधन गर्दै संस्थाका अध्यक्ष कार्यक्रमका सभापति तुलाराम न्यौपानेले संस्था अब मुनाफा कमाउने तर्फमात्र अग्रसर नहुने बताएका छन। संस्थाले सेयर सदस्यलाई याेग्य जनशक्ति उत्पादन गर्न आवश्यक तालिम दिनुका साथै ऋण लगानी गर्ने बताएका छन। संस्थाले पहिलाे पटक १० जना सेयर सदस्यहरुलाई स्वराेजगार बनाउन सीप मुलक तालिम प्रदान गर्ने धारणा राखेका थिए। सेयर सदस्यहरुकाे चाहना अनुसार कौसी खेती, आर्गनिक तरकारी खेती, व्यावसायिक तालिम, लगायतका तालिम प्रदान गरिने जानकारी गराएका छन। संस्थाले गत आर्थिक बर्षमा स्वास्थ्य शिविर, रक्तदान, तिज बिशेष कार्यक्रम, सहकारी अवलोकन भ्रमण, जेष्ठ सदस्य पर्यटकीय स्थल भ्रमण, समुदायमा आधारित कार्यक्रम,याेग शिविर, बाल तथा सदस्य अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेकाे संस्थाका ब्यबस्थापक टंक निरौलाले जानकारी गराएका छन। प्रधान कार्यलय दमकमा रहेकाे संस्थाले हाल सम्म गौरादह, धरमपुर, बुद्ध शान्ति, बिर्तामोड, सुरुङगा, उर्लाबारी सेवा केन्द्र संचालन गरेकाे संस्थाका गौरादह सेवा केन्द्र प्रमुख चुडामणी पौडेलले जानकारी गराएका छन। गौरादह सेवा केन्द्रकाे ईकाइगत साधारणसभामा लेखा सुपरिवेक्षण समितिका संयाेजक हेम चन्द्र खनालले लेखा सुपरिवेक्षणकाे प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा संस्थाका उपाध्यक्ष सन्ताेष कुमार श्रेष्ठ, गौरादह संयाेजक टीका गौतम लगायतले शुभकामना मन्तब्य राखेका थिए। गौरादह सेवा केन्द्र सदस्य रामा दाहालले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा सह सचिब केशव शरण अधिकारीले कार्यक्रम संचालन गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित समाचार