आयोजनाबाट सम्पर्कविहीन गौरिगञ्जका आचार्यको खोजीमा सहयोग गर्न परिवारको अपिल
रसुवा । अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत केवल नाथ आचार्य आज बिहानदेखि सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार आचार्यसँग पटक–पटक फोन तथा अन्य माध्यमबाट सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेको छैन।
आचार्य सम्पर्कविहीन भएपछि परिवारले उनको अवस्थाबारे चिन्ता व्यक्त गर्दै खोजी कार्यमा सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ।
आचार्यलाई कसैले देखेको वा उनको हालको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा परिवारले तत्काल उपलब्ध गराइएका सम्पर्क नम्बरमा जानकारी गराइदिन अनुरोध गरेको छ।
अन्तिम पटक थाहा भएको स्थान: अपर त्रिशूली जलविद्युत् आयोजना
सम्पर्क नम्बर:
9815925077
9700274918
+9779825926807
परिवारले आचार्यको खोजीमा सहयोग पुग्ने भएकाले उक्त सूचनालाई धेरैभन्दा धेरै शेयर गरिदिनसमेत आग्रह गरेको छ।
प्रतिक्रिया