श्रावण १७ २०८३, आइतबार

इजरायलमा बन्धक बनाइएकाहरुको रिहाइको माग गर्दै प्रदर्शन

इजरायलमा बन्धक बनाइएकाहरुको रिहाइको माग गर्दै प्रदर्शन भएको छ । तेल अभिभ र जेरुसेलममा बन्दकको समर्थनमा हजारौँ मानिसहरु सडकमा आएर उनीहरुको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् ।उनीहरूले गाजामा बन्धक बनाएकाहरूलाई फिर्ता ल्याउन विद्रोही समूह हमाससँग सम्झौता गर्न सरकारलाई आग्रह गर्दै जेरुसेलममा रहेको प्रधानमन्त्रीको कार्यालयबाहिर नारा लगाउँदै विरोध गरेका बीबीसीले जनाएको छ ।

 

 

यसैबीच, गाजामा बन्धकहरूको रिहाईका लागि  इजरायली सरकारलाई दबाब दिन उनीहरुका परिवार तथा आफन्तले आज राष्ट्रव्यापी हड्तालको आह्वान गरेका छन् । बन्धक तथा बेपत्ता परिवार मञ्चले सबै नागरिकलाई हड्ताल सफल बनाउन सहयोग गर्न अपिल गरेको छ ।

तेल अभिभका मेयर रान हुलदाईले आम हड्तालको समर्थन गर्दै प्रदर्शनमा सहभागी हुने बताउनुभएको छ । हमासले बन्धक बनाएका मध्य ६ जनाको शव हिजो बरामद भएपछि अरु बन्धकको अवस्था सार्वजनिक गर्न र उनीहरुलाई जतिसक्दो छिटो रिहाइका लागि पहल गर्न नागरिकहरुले प्रदर्शन शुरु गरेका हुन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार