भदौ २३ २०८३, मंगलबार

जेनजी आन्दोलनको वार्षिकीलाई स्मृति र संकल्पको दिन बनाउनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पुगेको दिनलाई स्मृतिसँगै संकल्पको दिनका रूपमा मनाउनुपर्ने बताएकी छन्।

जेनजी आन्दोलनका क्रममा २३ भदौमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जना युवाको मृत्यु भएको घटना स्मरण गर्दै मन्त्री गौतमले आगामी दिनमा त्यस्तो घटना दोहोरिन नहुने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनले राज्यसँग कम घातक विकल्पहरू हुँदाहुँदै पनि सडकमा गोली चलाइएको र त्यस घटनाले राज्यप्रति नागरिकको विश्वासमा गम्भीर चोट पुगेको बताइन्।

गौतमले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति सम्मान व्यक्त गर्दै उनीहरूको बलिदानलाई केवल स्मरणमा सीमित नराखी आगामी दिनमा राज्य संयन्त्रलाई थप जिम्मेवार र जवाफदेही बनाउने संकल्प गर्नुपर्नेमा जोड दिएकी छन्।

उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा नागरिकको आवाज सुन्ने र असन्तुष्टिलाई संवादमार्फत सम्बोधन गर्ने संस्कार विकास गर्न आवश्यक छ। राज्यले बल प्रयोगलाई अन्तिम विकल्पका रूपमा मात्रै प्रयोग गर्ने र नागरिकको जीवन तथा अधिकारको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार