भदौ २७ २०८३, शनिबार

भोटेकोशी बाढी : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७०, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२९ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो।

फेला परेका शवमध्ये १ हजार २ सय १३ वटा व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ७७९ गरी ३ हजार ६५ वटा डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत तथा शव व्यवस्थापनका लागि ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। अझै ४ हजार ८९ जना बेपत्ता रहेको र विभिन्न होल्डिङ सेन्टरमा २ हजार ७ सय ११ जना राखिएको प्रहरीले जनाएको छ।

May be an image of blueprint, ticket stub and text

प्रतिक्रिया

सम्बन्धित समाचार