ट्रम्पको हत्या प्रयासमा संलग्न आरोपितलाई बन्दुक अपराधको अभियोग
उनलाई ट्रम्पको हत्या गर्ने योजना बनाएको आशङ्कामा पक्राउ गरेर शुरुमा बन्दुक अपराधको अभियोग लगाएपनि अदालतमा थप आरोपहरुका साथ मुद्दा दर्ता गर्ने तयारी रहेको बीबीसीले जनाएको छ । अदालतको संक्षिप्त सुनुवाइका क्रममा हिजो राउथले न्यायाधीशका प्रश्नमा अपराध स्वीकार गरिसकेका छन् ।
भौतिक संरचना निर्माण क्षेत्रमा कार्यरत रहेका उनले नियमित रूपमा सामाजिक सञ्जालमा राजनीति र वर्तमान घटनाका बारेमा लेख्ने गरेका पाइएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो समयमा उनले ट्रम्पकोबारेमा आलोचनात्म टिप्पणीसमेत लेख्दै आएका थिए ।
प्रतिक्रिया