लेबनानको हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिए
रिपोर्ट अनुसार आक्रमणका घटनामा हिजबुल्लाहका शीर्ष कमाण्डरसहित १५ जना मारिएका छन् । मारिनेमा हिजबुल्लाहका शीर्ष कमाण्डर इब्राहिम अकिल पनि रहेका रिपोर्टलाई उदृत गरी बीबीसीले जनाएको छ ।
हिजबुल्लाहले पनि इब्राहिम अकिलको ज्यान गएको पुष्टि गरेको छ । इजरायलले पनि उनी स्ट्राइकमा मारिएको जनाएको छ । यसअघि लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा ३७ जनाको ज्यान गएको थियो भने तीन हजार जनाभन्दा धेरै घाइते भएका थिए ।
प्रतिक्रिया