माघ २६ २०८१, शनिबार

शुभलक्ष्मी सहकारीको २६औं वार्षिक साधारणसभा: ७५ करोडको कारोबार सार्वजनिक, ४७ सदस्य सम्मानित हुँदै

Ads

शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, गौरादहले आफ्नो २६औं वार्षिक साधारणसभामा प्रस्तुत गरिने आर्थिक तथा प्रगतिपरक प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक गरेको छ। मंगलबार आयोजित सभामा संस्थाका अध्यक्ष प्रकाश कार्कीले पदाधिकारीहरुसँगै प्रतिवेदन सार्वजनिक गरे। अध्यक्ष कार्कीले विगतका वर्षहरुमा सेयर सदस्यहरुलाई प्रदान गरिएका सुविधाहरूलाई निरन्तरता दिइएको र सदस्यहरुको हितमा थप सुधारात्मक कदमहरु चालिएको जानकारी गराए।

उनले संस्थाले सदस्यहरूलाई आधुनिक बैंकिङ सेवाहरु, दुर्घटना तथा मृत्यु बीमा, घातक रोगको उपचार सेवा, दुई बच्चासम्मको सुत्केरी सेवा, र सेवा क्षेत्रभित्र अग्नि प्रतिरोधात्मक सामग्रीको व्यवस्थापन गरेको पनि बताए।

Ads

साधारणसभामा उत्कृष्ट योगदान र उपलब्धिहरूका आधारमा विभिन्न ४७ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिने योजना रहेको छ। अध्यक्ष कार्कीले सार्वजनिक प्रतिवेदनमार्फत जानकारी गराएअनुसार, गत आर्थिक वर्षमा संस्थाले कुल ७५ करोड ३८ लाख ३७ हजार ४२० रुपैयाँको कारोबार गरेको छ। संस्थाको कुल शेयर पुँजी ८ करोड ३३ लाख ७४ हजार ६०० रहेको र ५ करोड २३ लाख ११ हजार ५९६ रुपैयाँको जगेडा कोष रहेको छ।

अध्यक्ष कार्कीले संस्थाले गत आर्थिक वर्षमा ७९ लाख २६ हजार ५५१ रुपैयाँको खुद नाफा आर्जन गरेको उल्लेख गर्दै, यसलाई संस्थाको दीर्घकालीन समृद्धिका लागि सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गरे। प्रतिवेदन सार्वजनिक कार्यक्रममा समाजका बुद्धिजीवी, समाजसेवी, पत्रकार तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव हेम चन्द्र घिमिरेले गरेका थिए भने पत्रकारहरुले राखेका प्रश्नको उत्तर अध्यक्ष कार्की र उपाध्यक्ष भीम विजय बाँस्तोलाले दिएका थिए।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार