उत्तरी इजरायलमा हिजबुल्लाहको आक्रमण, ६१ जना घाइते
उत्तरी इजरायलको हाइफा शहरबाट ३३ किलोमिटर टाढा रहेको बिन्यामिन नजिकैको आधार शिविरमा आक्रमण भएको जानकारी आएको छ। इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले उक्त आक्रमणको पुष्टि गरेको छ।
आक्रमणमा ६१ जना घाइते भएका छन्, जसमा ३७ जनालाई एम्बुलेन्स वा हेलिकप्टरमार्फत ८ क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ। यो आक्रमणको जिम्मेवारी हिजबुल्लाहले लिएको छ।
अधिक जानकारीका लागि सम्पर्कमा रहनुहोस्।
प्रतिक्रिया