श्रावण १७ २०८३, आइतबार

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

 

 

ढाका: बङ्गलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। यसैगरी, आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादिरसहित अन्य ४४ व्यक्तिहरूलाई पनि पक्राउ गर्न आदेश दिएको छ। बीबीसीका अनुसार, पक्राउ पुर्जी जारी गरिएकामध्ये लेखक एवम् शिक्षाविद् प्राध्यापक जफर इकबाल र पूर्वन्यायाधीश शम्शुद्दीन चौधरी मणिक समेत छन्।

बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) का मुख्य अभियोजक इस्लामले शेख हसिनालाई गिरफ्तार गरी आउँदो नोभेम्बर १८ तारिखमा अदालतमा उपस्थित गराउन आदेश दिएका छन्।

शेख हसिनामाथि गत जुलाई-अगस्टमा बङ्गलादेशमा भएका आपराधिक गतिविधिमा संलग्न भएको आरोप लागेको छ। उहाँको १५ वर्षे शासनकालमा मानव अधिकार उल्लङ्घन, राजनीतिक प्रतिपक्षीहरूलाई सामूहिक हिरासतमा राख्ने, र गैरन्यायिक हत्या जस्ता गम्भीर आरोपहरू लागेका छन्।

गत अगस्ट ५ मा छात्रहरूको आन्दोलनपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो र त्यसपछि भारत प्रस्थान गर्नुभएको थियो। राजीनामापछि उहाँ भारतमै रहनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार