इजरायलद्वारा तेहरानमा आक्रमण, इरानको कडा जवाफको तयारी"
इजरायलले इरानमाथि सैन्य आक्रमण गरेको छ, जसमा राजधानी तेहरानसहितका विभिन्न स्थानमा आक्रमण भएको छ। इजरायली सेनाले इरानका प्रमुख सैन्य अखडाहरूलाई लक्षित गर्दै मिसाइल प्रहार गरेको बताइएको छ। इरानले भने आफ्नो प्रतिरक्षा प्रणालीद्वारा अधिकांश मिसाइलहरूलाई आकासमै ध्वस्त पारेको दाबी गरेको छ।
इरानका अन्य शहरहरूमा पनि आक्रमण भएको र यसबाट केही क्षति भएको बताइएको छ। इरानी सरकारका अनुसार आक्रमणपछि तत्कालै जवाफी कदम उठाउनका लागि उच्चस्तरीय छलफल सुरू गरिएको छ। इरानले इजरायललाई कडा जवाफ दिने तयारी गरेको छ।
यो आक्रमण इरानले अक्टोबर १ मा इजरायलमा गरेको मिसाइल प्रहारको प्रतिउत्तरमा भएको इजरायली दाबी छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अन्य शीर्ष नेताहरूले सम्भावित इरानी प्रतिआक्रमणको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा आश्रय लिएको कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ।
विश्लेषकहरूका अनुसार, इजरायल र इरानबीचको यो विवादले मध्यपूर्वमा मात्र नभई, सम्पूर्ण विश्वमा नै अस्थिरता निम्त्याउन सक्ने सम्भावना रहेको छ। यस घटनाले क्षेत्रीय स्थायित्व र शान्तिमा ठूलो प्रभाव पार्न सक्ने चिन्ता व्यक्त भइरहेको छ।
प्रतिक्रिया