माघ २६ २०८१, शनिबार

नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता, राजस्व संकलनको बाटो खुला

Ads

 

काठमाडौँ । भिडियो सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ। आवश्यक कागजात पेश गरेपछि टिकटकलाई विधिवत रूपमा दर्ता गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिएका छन्।

Ads

मन्त्रालयले सामाजिक सञ्जाल व्यवस्थित गर्न निर्देशिकाबमोजिम टिकटकको दर्ता प्रक्रिया पूरा गरेको हो। यससँगै, टिकटकलाई नेपालमा कानुनी आधारमा सञ्चालन गर्न अनुमति दिइएको छ।

यसअघि अश्लीलता र आपत्तिजनक सामग्री फैलाएको आरोपमा २०८० कात्तिक २७ गते टिकटक बन्द गरिएको थियो। तर, भदौ ६ गते प्रतिबन्ध फुकुवा गर्दै आवश्यक प्रक्रिया पुरा गरेर दर्ता गर्न निर्देशन दिइएको थियो। अब टिकटकबाट राजस्व संकलनको बाटो खुला भएको छ भने आपत्तिजनक सामग्री हटाउन सरकारले निर्देशन दिने अधिकार राख्नेछ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार