इजरायलि आक्रमणमा परेर ज्यान गुमाउनेमध्ये ४४ प्रतिशत बालबालिका
१३ महिनाको युद्धमा गाजामा कम्तिमा १६ हजार सात सय ६५ जना बालबालिकाले ज्यान गुमाएका प्यालेस्टाइनीहरुको लागि सहयोग गर्दै आएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ । गाजामा अरु २० हजार भन्दा धेरै बालबालिका हराइरहेका छन् । औषतमा दैनिक ६७ जना बालबालिकले ज्यान गुमाइरहेको पाइएको छ ।
यस्तै मारिनेमध्ये महिला र बालबालिकाको सङ्ख्या ७० प्रतिशत रहेको राष्ट्र सङ्घका मानव अधिकार प्रमुख भोल्कर टुर्कले बताउनुभएको कतारी सञ्चारमाध्ययम अलजजिराले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घअन्तर्गत मानव अधिकार सङ्गठनले गरेको अध्ययनको निष्कर्षमा इजरायलले महिला र बालबालिकामाथि निरन्तर आक्रमण गरिरहेको र त्यो मानवताविरुद्धको अपराध हुन सक्ने उल्लेख छ ।
इजरायलको आक्रमणमा परी अहिलेसम्म ४३ हजार चार सय ६९ जना प्यालेस्टाइनीहरूले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया