पाकिस्तानको मुल्तान शहरमा हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई हजारभन्दा माथि
पाकिस्तानको लाहोर शहरमा पनि हावाको एक्यूआई एक हजार नजिक पुगेको छ । खराव हावाका कारण लाहोरको एक करोड ३० लाख जनसङ्ख्या सङ्कटपूर्ण अवस्थामा पुगेका बीबीसी हिन्दीले जनाएको छ । एक्यूआई चार सयभन्दा माथि पुगेमा त्यहाँ सङ्कटकाल लागू गरी नियन्त्रणका उपाय अपनाउनुपर्छ ।
प्रदुषणको असरबाट बचाउन पन्जाव प्रान्तले नोभेम्बर १७ सम्मका लागि पार्क, सङ्ग्राहलय लगायतका सार्वजनिक स्थल बन्द गरेको छ । पाकिस्तान सरकारले पन्जाव प्रान्तका १८ जिल्लामा निजी तथा सरकारी विद्यालय बिदा दिएको छ ।
प्रतिक्रिया