श्रावण १७ २०८३, आइतबार

मेडिकल कलेजमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गयो

भारत उत्तर प्रदेशको झाँसीमा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको छ । १६ जना घाइते भएका छन् ।

 

अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा आगो लागेको थियो । झाँसी जिल्लाका मजिस्ट्रेट अविनाश कुमारले १० जना नवजात शिशुको ज्यान गएको पुष्टि गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ । गएराति साढे १० बजेतिर एनआईसीयू भित्रको युनिटमा आगो लागेको थियो ।

विद्युत सर्ट भएर आगो लागेको अनुमान छ । दमकलसहितको टोली समयमै आइपुगेकाले धेरै बालबालिकालाई सुरक्षित उद्धार गरिएको अस्पतालले जनाएको छ । घटनाको छानबिनको लागि आयुक्त र डीआईजीको सुपरिवेक्षणमा तत्कालै छानबिन समिति गठन गरिएको खबरमा उल्लेख छ ।

यूपीका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको बारेमा दुख व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार