माघ ०४ २०८१, शुक्रबार

जुरोपानी बहुउद्देश्यीय सहकारीको २५ औं साधारणसभा सम्पन्न

Ads

जेबि खड्का 
गौरादह/गौरादह नगरपालिका वडा नं -७ मा रहेकाे जुराेपानी बहुउद्देश्यीय सहकारी संस्थाले २५ औं स्थापना दिवस मनाएकाे छ। दुर्गा सामुदायिक भवनकाे सभाहलमा बिभिद कार्यक्रमका साथ २५ औं रजत जयन्ती स्थापना दिवस मनाइएको थियाे।     रजत जयन्ती स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि काेशी प्रदेश सभामुख अमर बहादुर बिष्टले कार्यक्रमकाे उद्घाटन गरेका थिए। उद्घाटन गर्दै प्रमुख अतिथि बिष्टले सहकारी संस्थाले नागरिकहरुकाे जीवन स्तर उकास्न सहयाेग गरेकाे धारणा राखेका थिए। नागरिकहरुकाे लगानीमा स्थापना भएकाे संस्थाले छरिएर रहेकाे पुजीँलाई एकीकृत गरि नागरिकहरुकाे जीवन स्तर उकास्नुका साथै राष्ट्रलाई समेत सहयाेग गरेकाे बताएका थिए।    स्थापना दिवसका अवसरमा विभिन्न बिधामा सेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिएकाे थियाे। संस्थाले कार्यकालको २५ वर्ष पूरा गरेकाे अवसरमा स्थापना दिवस मनाउनुका साथै सबै सेयर सदस्यहरुलाई ज्याकेट बितरण गरेकाे थियाे। स्थाापना दिवसको अवसरमा क्षेत्र स्तरीय हाजिरिजवाफ, म्युजिकल चियर र हन्डीफाेर प्रतियोगिता संचालन गरिएकाे थियाे। हाजिर जवाफ प्रतियोगितामा यस क्षेत्रका ९ टाेली सहभागी भएका थिए। हाजिर जवाफ, म्युजिकल चियर र हन्डीफाेर प्रतियोगितामा उत्कृष्ट हुने टाेलीलाई पुरस्कृत गरिएकाे थियाे। साेहि अवसरमा गत आर्थिक बर्षमा संस्थागत र सामुदायिक बिद्यालयमा एस ई ई  मा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छाेराछाेरी ४ जनालाई नगद जनही ३ हजार र कक्षा -१२ मा उत्कृष्ट अंक ल्याउने ४ जनालाई ३ हजार ५ सय सहित प्रमाणपत्रबाट छात्रवृत्ति प्रदान गरिएकाे थियाे। स्थापना दिवसका अवसरमा संस्थामा असल काराेवार गर्ने २० जना जेष्ठ सेयर सदस्य २ जना आजिवन बचत कर्ता १ जना र अधिक सेयर याेगदान २ जनालाई सम्मान गरिएकाे थियाे। रजत जयन्ती स्थापना दिवसका अवसरमा २९ जना सेयर सदस्यलाई चिठ्ठाद्वारा पुरस्कृत गरिएकाे संस्थाका मुख्य ब्यबस्थापक कुमार चापागाईंले जानकारी गराएकाछन। संस्थाका अध्यक्ष अमरदास सिवाकोटीकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे। कार्यक्रममा गौरादह नगरपालिका उपमेयर जलबर्षा राजवंशी, वडा नं -७ का वडाध्यक्ष बलराम खरेल, वडा नं -२ का वडाध्यक्ष गाेपाल काेईराला लगायतले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका उपाध्यक्ष अरुण कुमार शाहले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा सचिब चुडा बहादुर भुजेलले कार्यक्रम संचालन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार