माघ ०४ २०८१, शुक्रबार

रवि लामिछाने र पूर्व डिआइजी जोशी विरुद्ध पुनः पक्राउ पुर्जी जारी

Ads

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध चितवनबाट पक्राउ पुर्जी जारी भएको छ। चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले सहकारी ठगी प्रकरणमा उनीहरूलाई पक्राउ गर्न अनुमति दिएका हुन्।

के हो प्रकरण?
चितवनस्थित सहारा बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा लामिछाने र जोशीसहित १० जनामाथि अनुसन्धान अघि बढाइएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सहारा बचतको रकम गोरखा मिडियामा अवैध तरिकाले स्थानान्तरण गरिएको पाइएको छ। गोरखा मिडियाको सञ्चालकको रूपमा रवि लामिछाने र छविलाल जोशी रहेका छन्। सहारा बचतका पीडितहरूले उनीहरूमाथि पूरक जाहेरी दिएका थिए।

Ads

चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रका अनुसार पीडितको जाहेरीका आधारमा पक्राउ पुर्जी जारी गरिएको हो। सहकारीबाट रकम स्थानान्तरण तथा दुरुपयोगसम्बन्धी थप प्रमाण संकलन गर्ने क्रममा प्रारम्भिक आधारहरू पुष्टि भएको दाबी गरिएको छ।

 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार