श्रावण १७ २०८३, आइतबार

लेबनानमा तेह्र महिनादेखि भइरहेको आक्रमणबाट दुई सय २६ जना स्वास्थ्यकर्मीले ज्यान गुमाए

लेबनानमा तेह्र महिनादेखि भइरहेको आक्रमणबाट दुई सय २६ जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । गएको वर्ष अक्टोबर ७ तारिखमा गाजामा इजरायली आक्रमण शुरू भएयता लेबनानमा ज्यान गुमाउने स्वास्थ्यकर्मीको सङ्ख्या उच्च रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ ।

 

गाजा द्वन्द्वलाई लिएर इजरायल र हिजबुल्लाहबीच तेह्र महिनाभन्दा लामो समयदेखि भइरहेको सीमापार गोलीबारीमा लेबनानमा स्वास्थ्य सेवामा एक सय ८७ वटा आक्रमणका घटना भएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

प्राप्त तथ्याङअनुसार सन् २०२३ अक्टोबर ७ देखि यस वर्षको नोभेम्बर १८ तारिखसम्ममा दुई सय २६ स्वास्थ्यकर्मीको ज्यान गएको र एक सय ९९ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ ।

हालैका घटनापछि गम्भीर सङ्कटबाट गुज्रिरहेको लेबनानको समग्र स्वास्थ्य सेवामा ठूलो धक्का पुर्‍याएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार