माघ २६ २०८१, शनिबार

पत्रकारहरुको व्यक्तिगत जीवनमा असर पुगेकोमा प्रतिदिन दैनिकले क्षमा माग्यो

Ads

 

झापा, पुष १४
झापाली पत्रकारहरुको व्यक्तिगत जीवनमा पर्न गएको असरप्रति प्रतिदिन दैनिकले सार्वजनिक रूपमा क्षमायाचना गरेको छ।

Ads

गत पुष १२ गते प्रतिदिनडेली डटकममा प्रकाशित ‘झापाली पत्रकारहरुको यस्तो घरजम, किन टिक्दैन वैवाहिक सम्बन्ध?’ शीर्षक समाचारले पत्रकारहरुको व्यक्तिगत जीवनमा प्रत्यक्ष प्रभाव पारेको भन्दै पत्रिकाका सम्पादक इन्द्रसिंह राजवंशीले माफी मागेका हुन्।

सम्पादकको स्पष्टीकरण
सम्पादक राजवंशीले समाजका विशिष्ट व्यक्तित्वका रूपमा पत्रकारहरुको सार्वजनिक जीवन आम पाठकको चासो बन्नसक्ने ठानेर नियतवश नभई समाचार प्रकाशित गरिएको बताए। उनले भने,
"समाचारले सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया उत्पन्न गरेको छ। तर, ती पत्रकारहरुको व्यक्तिगत जीवनमा परेको असरप्रति गम्भीर हुँदै प्रतिदिन दैनिक परिवार क्षमा याचना गर्न चाहन्छ।"

Ads

राजवंशीका अनुसार केही पत्रकारहरुसँग अनुमति लिएर मात्रै समाचार तयार पारिएको थियो। तर, त्यसले उत्पन्न विवादलाई लिएर बहस गर्ने जिम्मा पत्रकार संगठन र पाठकहरुलाई छोडिएको छ।

आलोचना माफीको कदम
समाचारले व्यक्तिगत जीवनमा आँच पुर्याएको भन्दै व्यापक आलोचना भएपछि पत्रिकाले यो कदम चालेको हो। पत्रकारहरुका व्यक्तिगत विषयलाई लिएर समाचार बनाउनु उपयुक्त थियो वा थिएन भन्ने बहस जारी रहँदा, सम्पादकले माफी माग्दै पत्रकारिताको नैतिक मूल्यको पालनाको प्रतिबद्धता जनाएका छन्।

यो घटनाले पत्रकारितामा व्यक्तिगत गोपनीयता र पेशागत सीमाको सवाललाई पुनः सतहमा ल्याएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार