श्रावण १७ २०८३, आइतबार

बङ्गलादेशमा अझै रोकिएन आन्दोलन, आज सर्वोच्च घेराउ, प्रधानन्यायाधीले दिए राजीनामा

बङ्गलादेशमा अझै रोकिएन आन्दोलन, आज सर्वोच्च घेराउ, प्रधानन्यायाधीले दिए राजीनामा

 
  
बङ्गलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । आज आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत घेराउ गरेपछि प्रधानन्यायाधीश हसनले पदबाट राजीनामा दिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।   बिहानदेखि सयौंको सङ्ख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।

आन्दोलनकारी विद्यार्थीले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्दै प्रधानन्यायाधीशसहित पुनरावेदन अदालतका न्यायाधीशको पनि राजीनामा माग गरेका छन् । प्रधानन्यायाधीश हसनले पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा काम गरिरहेका आन्दोलनरत विद्यार्थीको आरोप छ ।

बङ्गलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा आन्दोलनकारी विद्यार्थीसमेत सहभागी अन्तरिम सरकार गठन भएपछि पनि आन्दोलन रोकिएको छैन । प्रधानन्यायाधीश हसनले अन्तरिम सरकारलाई अपदस्त गर्नका लागि अदालतबाट पूर्वप्रधानमन्त्री हसिनाको पक्षमा काम गरिरहेको विद्यार्थी आन्दोलनकारीको आशंका छ ।

विद्यार्थीको आन्दोलनकै कारण पूर्व प्रधानमन्त्री शेख हसिना देशबाट भागेर भारत पुगेकी छिन्  । सरकारी जागीरमा व्यवस्था गरिएको ३० प्रतिशत आरक्षण कोटाको बिरोध गर्दै बङ्गलादेशमा विद्यार्थीले आन्दोलन गरेका हुन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार