चैत्र १३ २०८१, बुधवार

कर्मचारी र समितिको मिलेमतोमा करोडौं अपचलन, पत्रकारमाथि आक्रमण प्रयास

Ads

 

गौरिगञ्जको खजुरगाछी साना किसान सहकारी संस्थामा समितिका सदस्य र कर्मचारीको मिलेमतोमा करिब ७९ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको पाइएको छ। सहकारीकी अध्यक्ष डिक कुमारी अधिकारीले नै यो अपचलनको पुष्टि गरेकी छिन्।

Ads

सहकारीको लेखा परीक्षण प्रतिवेदनअनुसार ऋण समितिका संयोजक नुना चम्लागाइले मात्र तीनवटा शीर्षकमा ३० लाख १ हजार ८९६ रुपैयाँ अनियमित रूपमा निकालेका छन्। समितिका अन्य ६ जनाले पनि नियमविपरीत ऋण लिएको पाइएको छ। सहकारीका अध्यक्ष अधिकारीले यस विषयमा समिति र कर्मचारीको मिलेमतो रहेको स्वीकार गरेकी छिन्।

सहकारीमा अनियमितताको समाचार गौरीगञ्ज दर्पण डटकममा गत पुस २९ गते प्रकाशित भएको थियो। यही समाचारका कारण सहकारीका ऋण समितिका संयोजक चम्लागाइका आफन्तहरूले गौरीगञ्ज महोत्सवको रिपोर्टिङका क्रममा सम्पादक मदन राजवंशीमाथि आक्रमण गर्न प्रयास गरेको आरोप छ।

Ads

गौरीगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा जारी आदिवासी जनजाति महोत्सवका दौरान सम्पादक राजवंशीमाथि आक्रमणको प्रयास भएको हो। यसले सहकारीको अपचलनबारे थप प्रश्न उठाएको छ।

गौरीगञ्ज दर्पणका सम्पादक राजवंशीले सहकारी घोटालाका सबै प्रमाणहरू सुरक्षित रहेको बताएका छन्। अब यस प्रकरणमा कानुनी प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।

यो प्रकरणले सहकारी संस्थाको पारदर्शिता र विश्वासमाथि गम्भीर प्रश्न उठाएको छ। सरकारले यसमा कडा अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने जनचासो बढ्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार