वैशाख ३१ २०८३, बिहिबार

स्वर्ण लक्ष्मी साकोसको १६औँ स्थापना दिवस विविध सामाजिक कार्यक्रमसहित सम्पन्न

Ads

गौरादह, ७ चैत – स्वर्ण लक्ष्मी साकोस गौरादह सेवा केन्द्रले आफ्नो १६औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न गरेको छ। गौरादह-२ स्थित सेवा केन्द्रको प्रांगणमा आयोजित कार्यक्रममा रक्तदान, निःशुल्क दन्त तथा आँखा परीक्षण, र शैक्षिक सामग्री वितरण जस्ता गतिविधिहरू सञ्चालन गरिएका छन्।

No photo description available.

Ads

कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहको समन्वयमा तथा रेडक्रस उपशाखा दमकको प्राविधिक टोलीको सहयोगमा ४० पिन्ट रगत संकलन गरियो। यसैगरी, थुलुङ डेन्टलको टोलीले २० जनाको दन्त परीक्षण गरी ४ जनामा जटिल समस्या देखिएकाले थप उपचारका लागि सिफारिस गर्यो। विरता ज्योति आँखा अस्पताल दमकको टोलीले ३० जनाको आँखा परीक्षण गरेकोमा ४ जनामा गम्भीर समस्या देखिएपछि उनीहरूलाई विशेष उपचारका लागि सिफारिस गरियो।

यस अवसरमा संस्थाले भारती आधारभूत विद्यालयका २५ जना विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको थियो।

Ads

संस्थाका अध्यक्ष बुद्धि सागर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा नं. २ का अध्यक्ष गोपाल कोइराला रहेका थिए। कार्यक्रमको स्वागत मन्तव्य भीम बहादुर रायामाझीले राखेका थिए भने संचालन संस्था कार्यकारी प्रमुख कमल कुमार घिमिरेले गरेका थिए।

स्थानीय स्तरमा सामाजिक सेवाको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित यस कार्यक्रमले नागरिकहरूमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार