वैशाख ३१ २०८३, बिहिबार

परोपकारी आमा तिलामाया संग्रौलाको निधन

Ads

 

झापा, चैत २४
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा वाणिज्य विभाग प्रमुख लक्ष्मीप्रसाद संग्रौलालाई मातृशोक परेको छ।

Ads

दम, सुगर र प्रेसर लगायतका समस्याले लामो समयदेखि ग्रसित लक्ष्मीप्रसाद संग्रौलाकी आमाको ९१ वर्षको उमेरमा निधन भएको हो। उहाँको निधन रामनवमीका दिन, आइतबार बिहान ८:५५ बजे झापा दमकस्थित निजि निवासमा भएको पारिवारिक चिकित्सक डा. सूर्यनारायण साहले जानकारी दिनुभयो।

वि.सं. १९९२ साल चैत ११ गते ताप्लेजुङ जिल्लाको हाडपाडभा जन्मनुभएकी स्व. तिलमाया संग्रौला ब्रम्हलाल प्रसाई र पुण्यमसया सुवेरी प्रसाईकी जेठी सन्तान हुनुहुन्थ्यो। उहाँको वैवाहिक सम्बन्ध पाचथर सुभाङ निवासी सोमनाथ संग्रौला र मन्धरा संग्रौलाका सुपुत्र श्रीप्रसाद संग्रौलासँग २००२ साल वैशाख १२ गते भएको थियो।

Ads

जीवन निर्वाहको क्रममा उहाँले २०२२ सालमा झापा जुरोपानी हुँदै २०५७ सालदेखि दमक–८ लक्ष्मीमार्गमा स्थायी बसोबास गर्नुभएको थियो। भक्तपुर नगरपालिका–४ मा पनि वसोवास गर्दै आउनु भएकी उहाँ धार्मिक तथा आध्यात्मिक योगदानका लागि विशेष चिनिनुहुन्थ्यो।

स्व. संग्रौलाले सताक्षीधाममा तिलाश्री स्वर्णिम दिव्य सवालाख सालीयम देवालय निर्माण, किरातेश्वर महादेवको २५ फिट अग्लो प्रतिमा निर्माण लगायत दर्जनौँ मठमन्दिर निर्माणमा सहयोग गर्नु भएको थियो। त्यसैगरी, विभिन्न विद्यालयहरूको स्थापना तथा सञ्चालनमा समेत उहाँको महत्वपूर्ण योगदान रह्यो।

Ads

२०२९ साल श्रावणमा पति वियोगपछि एकल जीवन बिताउँदै आफ्ना सन्तानको शिक्षा, पालनपोषणमा समर्पित जीवन बिताउनुभएकी तिलमाया संग्रौला सत्य, साहस, मृदुभाषिता र धार्मिकताको प्रतिमूर्ति हुनुहुन्थ्यो।

उहाँका छोराबुहारीहरू—हरीप्रसाद–पम्फा डेका, रामप्रसाद–उर्मिला, लक्ष्मीप्रसाद–लिलादेवी, छोरीज्वाईहरू—गोमा–रेनु उप्रेती, सावित्रा–टंक रिजाल, अम्विका–टंकप्रसाद पाठक, स्व. इन्दिरा–जयप्रसाद पाठक, सिता–मोहन शिवाकोटी, १६ जना नाति, ७ जना नातिनी, २९ जना पनाति/पनातिनी र १ जना जनातिनी छन्।

रा.प्र.पा. नेता लक्ष्मीप्रसाद संग्रौलाकी ममतामयी आमाको निधनले गहिरो दुःख परेको छ। यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै, शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं।

प्रतिक्रिया

सम्बन्धित समाचार