पर्सामा श्रृंखलाबद्ध डकैती र हत्यामा संलग्न अभियुक्त २५ वर्षपछि पक्राउ
त्यसतै, १२ भदौ २०५७ मा मध्यराति पर्साको तत्कालीन विन्दवासिनी गाविस–४ बस्ने ३० वर्षीय देवेन्द्र यादवको घरमा भएको डकैतीमा पनि उनी संलग्न थिए । त्यसक्रममा उनीसहितको समूहले गोली हानेर देवेन्द्रप्रसाद यादवको हत्या गरेको थियो ।
१९ फागुन २०६६ र २५ पुस २०६० मा उनी पर्सा प्रशासनको फैसला अनुसार हातहतियार तथा खरखजाना मुद्दामा फरार थिए । ३ असार २०६० मा उनी पुनरावेदन अदालत हेटौंडाको फैसलाअनुसार हातहतियार तथा खरखजना मुद्दामा फरार थिए ।

४ जेठ २०५६ मा जिल्ला प्रशासन कार्यालय, पर्साले गरेको सार्वजनिक अपराधसम्बन्धी मुद्दामा समेत उनी फरार थिए । मैनालीको हत्यामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिएर थप जाँच भइरहेको एसपी ढुंगेल बताउँछन् । उनी २५ वर्ष देखि प्रहरीको खोजी सूचीमा थिए ।
प्रतिक्रिया