असार १५ २०८३, सोमबार

दसैंतिहारअघि उपभोक्तामाथि महँगीको दोहोरो मार

मनसुनजन्य विपत्तिका कारण यसपालि दसैं–तिहारमा नेपाली उपभोक्ताले महँगीको मार खेप्ने भएका छन्। उत्तरतर्फका दुई प्रमुख व्यापारिक नाका—तातोपानी र रसुवागढी—लगभग ठप्प हुँदा चीनबाट ल्याइने ठूलो परिमाणका उपभोग्य सामग्री नेपाल प्रवेश गर्न नसकेको व्यवसायीहरूले बताएका छन्।
Ads

मनसुनजन्य विपत्तिका कारण यसपालि दसैं–तिहारमा नेपाली उपभोक्ताले महँगीको मार खेप्ने भएका छन्। उत्तरतर्फका दुई प्रमुख व्यापारिक नाका—तातोपानी र रसुवागढी—लगभग ठप्प हुँदा चीनबाट ल्याइने ठूलो परिमाणका उपभोग्य सामग्री नेपाल प्रवेश गर्न नसकेको व्यवसायीहरूले बताएका छन्।

ठूला चाडको रौनक नेपालीको घर–आँगनमा भित्रिसकेको छ, तर उत्तरी छिमेकी चीनबाट ल्याइने अर्बौं मूल्यका सामान भने उतै अलपत्र परेका छन्। करिब ४ सय कन्टेनरमा लत्ताकपडा, जुत्ता, स्याउ, ओखर, लसुन, ड्राइफ्रुट्स र इलेक्ट्रोनिक ग्याजेटजस्ता चाडपर्व लक्षित सामान रोकिएको नेपाल समुद्रपार निकासी पैठारी संघका महासचिव जयन्तकुमार अग्रवालले जानकारी दिए।

Ads

“यो केवल हालको संकट होइन, हरेक वर्ष दोहोरिने नियति हो,” उनले भने, “समस्या समाधानका लागि वैकल्पिक नाका तत्काल सञ्चालन गर्न ढिला गर्न हुँदैन।”

नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार अबको १० देखि १५ दिनभित्र सामान नेपाल प्रवेश गर्न नसके बजारमा अभाव र कालोबजारी बढ्ने खतरा छ। “जब बजारमा सामान अभाव हुन्छ, मूल्य अस्वाभाविक रूपमा बढ्छ,” उनले भने।

Ads

तातोपानी नाकामा निरन्तर पहिरो खस्ने र रसुवागढी नाकामा पुल मर्मत भइरहेकाले दुवै मार्ग अवरुद्ध भएका छन्। व्यवसायीहरूले तातोपानीतर्फ पहिरो छिचोल्न ‘भरिया’ प्रयोग गरेर सामान ल्याउनुपर्ने बाध्यता समेत भोगिरहेका छन्।

नेपाल चेम्बर अफ कमर्सले मंगलबार विज्ञप्ति जारी गर्दै नाकाहरू तत्काल सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेको छ। चेम्बरका अनुसार लामो समयदेखि अवरुद्ध नाकाले साना उद्योगदेखि ठूला व्यवसायसम्म गम्भीर संकट खेपिरहेका छन्।

Ads

व्यवसायीहरूले सरकारले मुस्ताङजस्ता सुरक्षित र वैकल्पिक नाकाहरू सञ्चालनमा ल्याउन ढिला गर्न नहुने बताएका छन्। उनीहरूको भनाइमा अहिलेको संकट केवल अस्थायी होइन, दीर्घकालीन समाधान खोज्नुपर्ने समस्या हो।

प्रतिक्रिया

सम्बन्धित समाचार