श्रावण २९ २०८३, शुक्रबार

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो सन्न्यासबारे खुलासा गरे

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो सन्न्यासबारे खुलासा गरेका छन् । साउदी अरेबियाको प्रो लिग खेलिरहेका रोनाल्डोले दुई वा तीन वर्ष सक्रिय फुटबल खेल्ने स्पष्ट पारेका छन् । उनले अल नासेर करिअरकै अन्तिम क्लब हुन सक्ने जनाएका छन् । ‘मलाई थाहा छैन, सन्न्यास लिने समय ? तर, यदि तत्कालै सन्न्यास लिनुपर्‍यो भने अल नासेर हुनेछ,’ पोर्चुगलको मिडियासँग कुराकानी गर्दै रोनाल्डोले भने, ‘अल नासेरमा दुई वा तीन वर्षसम्म खेल्नेछु त्यसपछि सन्न्यास हो ।’

 

 

गत साता स्पोर्टिङ लिस्वनबाट रोनाल्डोले सन्न्यास लिन सक्ने स्थानीय मिडियाले समाचार प्रकाशित गरेका थिए । लिस्वनबाट उनले व्यावसायिक फुटबल सुरु गरेका हुन् । तर, उनले घरेलु टोली नभएर नासेर नै अन्तिम क्लब हुने दाबी गरेका छन् । सन् २०२३ को जनवरीमा उनी म्यानचेस्टर युनाइटेड छाडेर अल नासेरमा आबद्ध भएका हुन् । 

साउदी प्रो लिगमा अहिलेसम्म उपाधिविहीन भएका रोनाल्डोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियालाई आफूतिर तान्न सफल भएका छन् । ‘म र मेरो परिवार साउदीमा खुसी छन्, साउदी अरेबियामा अझ धेरै योगदान दिन बाँकी छ,’ आफ्नो योजनाबारे उनको भनाइ छ, ‘यहाँको फुटबल विकास गर्न आएको हुँ । त्यो प्राप्ति नहुँदासम्म सक्रिय रूपमै खेलिरहनेछु ।’ 

प्रतिक्रिया

सम्बन्धित समाचार