श्रावण २९ २०८३, शुक्रबार

बालुवाटार छाडेर कता गए केपी ओली ?

 

 

काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेका छन् । उनले पदबाट राजीनामा दिएको केही समयपछि सरकारी निवास बालुवाटारमा आगजनी र तोडफोड भएको थियो । 

त्यसअघि नै ओली बालुवाटार छाडेर राजधानीकै बुढानीलकण्ठ नगरपालिकामा पर्ने शिवपुरी ब्यारेकमा गएको खुलेको छ । 

सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट उनी पत्नीसहित शिवपुरी गएका हुन् । उनलाई त्यहाँ सेनाको ब्यारेकमा राखिएको सुरक्षा स्रोतले जनाएको छ।  


जेनजी प्रदर्शन नियन्त्रण बाहिर गएपछि उनले मंगलबार दिउँसो प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । रातोपाटीमा खबर छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार