कोशी प्रदेशसभा भवन जलेर ध्वस्त, बाँकी सामग्री चोरी
२५ भदौ, विराटनगर ।
जेनजि युवा समूहको आन्दोलनका क्रममा मंगलबार कोशी प्रदेशसभा भवनमा लगाइएको आगोले सम्पूर्ण संरचना ध्वस्त भएको छ । प्रदेश सभा सचिवालयसहितका कार्यालय खरानीमा परिणत भएका छन् ।

आगजनीबाट जलेर नष्ट नभएका सामग्री भने अराजक समूहले चोरी गरेको सचिवालयका कर्मचारीहरूले बताएका छन् । फर्निचर, कम्प्युटर, प्रिन्टर, क्यामेरा लगायत उपकरण समेत लुटिएको जनाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयसहितका विभिन्न सरकारी निकायमा पनि आगजनी हुँदा कागजात र सम्पत्ति नष्ट भएका छन् । विराटनगरस्थित उच्च अदालत र जिल्ला अदालतमा समेत मुद्दासम्बन्धी मिसिल जलेर नष्ट भएको छ ।

प्रदेशसभासँगै विराटनगरको भाटभटेनी सुपरमार्केटमा लगाइएको आगो अझै निभ्न सकेको छैन । सुरक्षाकर्मीहरूले नियन्त्रणको प्रयास जारी राखेका छन् ।
प्रतिक्रिया