वैशाख ३१ २०८३, बिहिबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यु निरन्तरता

Ads

काठमाडौं । नेपाली सेनाले काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा र कर्फ्यु आदेश निरन्तरता दिने भएको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शुक्रबार विहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने बेलुकी ७ बजेदेखि भदौ २८ गते विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

Ads

अत्यावश्यक सेवाका साधन— एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, ग्यास, दूध, तरकारी, पानी, औषधी तथा सञ्चार प्रदायक कम्पनीका सवारीसाधन सञ्चालन गर्न पाउनेछन्।

त्यस्तै, सरकारी कार्यालय, मानव अधिकार आयोग, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन्। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान यात्रुहरूले टिकट देखाई विमानस्थलसम्म जान पाउने व्यवस्था गरिएको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार