वैशाख ३१ २०८३, बिहिबार

कार्की अन्तरिम सरकार प्रमुखमा चयन, आज राति ९ बजे शपथ

Ads

 

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति भएको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज राति ९ बजे शपथ गराउने भएका छन् ।

Ads

राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलका अनुसार शुक्रबार साँझ शीतल निवासमा भएको छलफलपछि कार्कीको नाममा सहमति बनेको हो । सो क्रममा कार्कीसँगै जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल पनि राष्ट्रपति निवास पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपश्चात् बढेको दबाबका बीच मंगलबार राजीनामा दिएका थिए । असामान्य परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपति पौडेलले सोही दिन राजीनामा स्वीकृत गरेका थिए ।

Ads

अन्तरिम सरकार प्रमुखमा कार्कीलाई नियुक्त गर्ने विषयमा सहमति भए पनि संसद् विघटनबारे भने अन्तिम निर्णय भएको छैन । यस विषयमा थप छलफलपछि औपचारिक जानकारी दिने तयारी भइरहेको राष्ट्रपतिका विज्ञ पोखरेलले जनाएका छन् ।

 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार