वैशाख ३१ २०८३, बिहिबार

काठमाडौँमा निःशुल्क वाइफाइ: मन्त्री खरेलको पहिलो निर्णय परिमार्जित

Ads


पाँचै प्रदेशका मुख्य शहरसम्म विस्तार गर्ने तयारी

काठमाडौँ, असोज ६ ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबहालीसँगै मन्त्रालयले ल्याएको पहिलो प्रस्ताव परिमार्जन गरेका छन्।

Ads

मन्त्रालयले प्रारम्भिक रूपमा काठमाडौं उपत्यकाका सार्वजनिक स्थलमा मात्र दुई महिनाभित्र निःशुल्क वाइफाइ सेवा सुरु गर्ने योजना तयार पारेको थियो। तर मन्त्री खरेलले उक्त प्रस्ताव फिर्ता पठाउँदै सबै प्रदेशका प्रमुख शहरमा पनि यो सुविधा विस्तार गर्न निर्देशन दिएका छन्।

मन्त्रालयका अधिकारीहरूका अनुसार अब परिमार्जित प्रस्तावअनुसार पाँच महिनाभित्र काठमाडौंसँगै अन्य प्रदेशका राजधानी वा मुख्य सहरमा पनि सार्वजनिक वाइफाइ उपलब्ध गराइनेछ।

Ads

मन्त्री खरेलले पत्रकारहरूसँग भने, “सूचना प्रविधिको पहुँच सबैलाई हुनुपर्छ। केन्द्रीय शहर मात्र होइन, प्रदेशका प्रमुख सहरका नागरिकले पनि समान सुविधा पाउनु पर्छ।”

प्रतिक्रिया

सम्बन्धित समाचार