वैशाख ३१ २०८३, बिहिबार

जेनजी प्रदर्शन : २२ अर्बभन्दा बढीको बिमा दाबी

Ads

काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण अहिलेसम्म २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बिमा दाबी दर्ता भएको छ।

नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बराबर पुगेको छ। त्यहाँ मात्रै १,३४३ वटा दाबी आवेदन परेको छ।

Ads

प्राधिकरणले जनाएको छ कि माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा २,४७८ वटा दाबी आवेदन दर्ता भएका छन्। गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोडलगायतका घटनाबाट ठूलो क्षति भएको थियो।

ओरियन्टल इन्स्योरेन्स कम्पनी : ५ अर्ब २२ करोड ९८ लाख

Ads

सिद्धार्थ इन्स्योरेन्स : ५ अर्ब ८ करोड २८ लाख

सम्पत्ति बिमा : ५३८

Ads

मोटर बिमा : १,७७८

इञ्जिनियरिङ तथा ठेकेदार जोखिम : १३२

परिवहन बिमा : ११

अन्य : १९

कोशी : ३२२

मधेश : २४६

बागमती : १,३४३

गण्डकी : १८४

लुम्बिनी : २०२

कर्णाली : २२

सुदूरपश्चिम : १५९

प्राधिकरणले ठूला मात्रामा भौतिक सम्पत्तिको क्षति भएकाले दाबी अझै बढ्न सक्ने अनुमान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार