आश्विन १३ २०८३, मंगलबार

देशभर मौसम सामान्य, कोशीका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं ।
देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

आज राति देशभरको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार