असार १५ २०८३, सोमबार

तालिबानको अनुरोधमा पाकिस्तानले ४८ घण्टाको युद्धविराम घोषणा

Ads

इस्लामाबाद ।
पाकिस्तानले अफगान तालिबानको अनुरोधमा ४८ घण्टाको युद्धविराम घोषणा गरेको छ। पाकिस्तानी विदेश मन्त्रालयका अनुसार युद्धविराम आज साँझ ६ बजेदेखि लागू भएको हो।

बीबीसी उर्दूका अनुसार, अफगान तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पनि युद्धविरामको पुष्टि गरेका छन्। पाकिस्तानले भने युद्धविराम तालिबानको अन्तरिम सरकारको अनुरोधमा लागू गरिएको बताएको छ, तर अफगान तालिबानका प्रवक्ताले सामाजिक सञ्जाल ‘एक्स’ मा पाकिस्तानकै अनुरोधमा युद्धविराम गरिएको दाबी गरेका छन्।

Ads

युद्धविरामको अवधिमा अफगान पक्षले वार्ताको प्रस्ताव समेत गरेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ।

यसअघि बुधबार पाकिस्तानले अफगानिस्तानका केही चौकिहरू नष्ट गरेको दाबी गरेको थियो। पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (ISPR) ले जारी गरेको वक्तव्यमा भनिएको छ कि अक्टोबर १५ को बिहान अफगान तालिबानले पाकिस्तानी चौकीमाथि आक्रमण गरेको र जवाफी कारबाहीमा १५–२० जना आक्रमणकारी मारिएका थिए।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार