वैशाख ३१ २०८३, बिहिबार

गएराति बैतडी र आसपासका क्षेत्रमा ठूलो पानी पर्यो

गएराति बैतडी र आसपासका क्षेत्रमा ठूलो पानी पर्यो
Ads


काठमाण्डौ – गएराति बैतडी र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा बैतडीको सिद्धपुर वर्षामापन केन्द्रमा १०४ मिलिमिटर पानी परेको छ । त्यस आसपासको क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले त्यस आसपास भइ बहने स–साना नदीहरूमा जलसतह केही बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार