वैशाख ३१ २०८३, बिहिबार

भारतमा बाराको तीर्थालु सवार बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ

भारतमा बाराको तीर्थालु सवार बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ
Ads

 

भारतको समस्तीपुरमा बाराको बारागढी नगरपालिकाका तीर्थालु सवार बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बारागढी गाउँपालिका–३ मुर्कीपालिया गाउँका ६२ वर्षीय किशोरीराम महरा चमारको उपचारको क्रममा पटनामा मृत्यु भएको हो । 

Ads

बारागढी गाउँपािलकाका अध्यक्ष अशोक जैसवालका अनुसार घाइते किशोरीको समस्तीपुरबाट ‘रेफर’ गरी पटनास्थित एम्स अस्पतालमा उपचार भइरहेकोे थियो । किशोरीको शव शुक्रबार राति नेपाल ल्याईएको थियो भने उनको अन्त्येष्टिसमेत शुक्रबार राति ११ बजेनै गरिएको स्थानीय महेन्द्र साह कानुले जानकारी दिए । 

किशोरीसँगै उनकी पत्नी रामपति र नातिनी सुजिता समेत घाइते भएकी थिइन् । दुवै जना घाइते उपचारपछि निको भएका छन् ।  बारागढी गाउँपालिकाका तीर्थालु बोकेको बस गत आइतवार बिहारको समस्तीपुरको मुसरीघरारी चोकमा ट्रकले ठक्कर दिँदा पल्टिएको थियो । दुर्घटनामा बसका चालक–सहचालकसहित सवार सबै घाइते भएका थिए । घाइते मध्ये थप दुई जनाको अझै पनि भारतमा उपचार भइरहेको छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार